श्री शेषावतार भाष्यकार रामानुज स्वामीजी
श्री शेषावतार भाष्यकार रामानुज स्वामीजी
यो नित्यमच्युत पदाम्बुज युगमरुक्म
व्यामोहतः तदितराणि तृणाय मेने ।अस्मद्गुरोर्भगवतोSस्य दयैक सिन्धो:
रामानुजस्य चरणौ शरणं प्रपद्ये ॥
श्री त्रिदंडी भाष्यकार श्रीरामानुजाचार्य (अवतार १०१७ - परम्पद - ११३७) विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुनु हुन्थ्यो तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका विशिष्ट पूर्वाचार्य पनि हुनुहुन्थ्यो । उहाँको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ । उहाँ वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हुनुहुन्थ्यो । उपनिषद, भगवदगीता र ब्रह्मसूत्रको आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिवादको रूपमा रामानुज स्वामिजिले विशिष्टाद्वैतको प्रतिपादन गर्नु भयो । उहाँको समयमा जैन धर्म र बौद्ध धर्मको प्रचारको कारण सारा वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा रहेको थियो। श्रीरामानुजाचार्यले त्यो सङ्कट सफलतापूर्वक प्रतिकार गर्दिनु भयो । साथै उहाँले शंकराचार्यको अद्वैत मतलाई खण्डन गरेर विशिष्टाद्वैत मतको प्रवर्तनको लागि अनेक ग्रन्थहरूको रचना गर्नु भएको थियो । श्रीवैष्णव आचार्यहरूमा प्रमुख श्रीरामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य हुनु हुन्थ्यो । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा नै हुनु हुन्थ्यो भन्ने कतै कतै सुनिन्छ । श्रीरामानुजाचार्यले वेदान्त वाहेक सातौँ - दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवारहरू संग भक्तिदर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाउनु भयो । श्रीरामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न गुरुद्वारा निषेध गरिने परम्परा थियो त्यसलाई उहाँले तोड्नु भयो र सबैलाई मोक्ष हुने अधिकार स्थापना गर्नु भयो । उहाँको एक प्रसिद्ध भनाइ छ मन्त्रले कष्टनाश हुन्छ त्यो कुनै एकको लागि होइन यो सबैको अधिकार हो । श्रीरामानुजाचार्य धेरै परोपकारी सन्त अल्वार हुनुहुन्थ्यो ।
फोटो ग्यालरी